टल्किए हिमाल, लाग्यो दशैँ, खुल्यो काठमाडौं (तस्बिरहरू)
२०८२ असोज १५ गते

काठमाडौं । आज महानवमी । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) नेपालीहरुको घर आँगनमा आइसकेको छ ।
कर्मथलो बनाइरहेकाहरु अहिले गाउँ फर्किएसँगै काठमाडौं उपत्यकासहित शहरुहरु सुनसान छन् । घमाइलो भाम लागेको छ ।
हिमालहरु टल्किएका छन् । शहरका चोक चोकमा लिङ्गे पिङ मच्चिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म दशैँमा रमाइरहेका छन् ।
समग्रमा भन्दा दशैँ घमाइलो बन्दै गइरहेको छ । आकाश खुला छ, सडक सुनसान र धुवाँधुलोरहित बनेका छन् ।
उज्यालो आकाशमुनि काठमाडौंवासीहरु आनन्द महशुस गरिरहेका छन् ।

२०८२ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








