झापामा चट्याङ लागेर महिलाको मृत्यु

सुरुङ्गा । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उहाँ घाइते हुनुभएको थियो ।

मुसहर बस्ती निवासी उनि खेतमा बाख्रा लिन गए बेला उहाँलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =