पाकिस्तानमा आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० जना घाइते
२०८२ असोज १५ गते

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी मंगलवार गरिएको आत्मघाती आक्रमणमा दस जनाको मृत्यु भएको छ ।
साथै अन्य ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्यमन्त्री बख्त मुहम्मद काकरले बताए । स्थानीय समय अनुसार बिहान ११ः३० बजे प्रान्तीय राजधानी क्वेटामा आक्रमण भएको थियो । एक आतंककारीले फ्रन्टियर कोप्र्स मुख्यालयको बाहिरी पर्खालमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएका थिए ।
परिसरमा घुसपैठ गर्ने बित्तिकै आक्रमणकारीहरूलाई सुरक्षा बलले द्रुत प्रतिशोधात्मक कारबाहीमा गोली हानी मारेको थियो ।
घाइतेहरूलाई क्वेटाको सिभिल अस्पतालमा सारिएको छ । जहाँ धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
२०८२ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








