जेनजी आन्दोलनमा घाइते २ हजार ३ सय १६ जनाले गराए उपचार, ३८ जना अझै अस्पतालमा

जेनजी आन्दोलनमा ९ सय ४७ जना घाइतेहरु बोक्न एम्बुलेन्सको प्रयोग

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको सरकारले जनाएको छ ।

भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो । जसमा ७६ जनाले ज्यान गुमाएका छन् ।

शुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेन जी आन्दोलनका घाइतेहरुको उपचार गरेको सरकारी तथ्यांक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरुमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताए ।

केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहनुभएको बताउनु भयो । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरुमा जेन जी घाइतेहरु उपचाररत छन् ।

जेन जी आन्दोलनमा घाइते भएकाहरुमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु भएको संख्या ४९ रहेको बताए । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरु उपचाररत रहेको बताए ।

उनले २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसकेको र जेनजी आन्दोलनमा ९ सय ४७ जना घाइतेहरु बोक्न एम्बुलेन्सको प्रयोग गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =