इतिहास रचेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई काँग्रेस नेता शर्माले २० लाख दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. सुनिल शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यो रकम आज यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको टी–२० खेलको अन्त्यमा मैदानमै फ्लेक्स चेकमार्फत हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ ।

वेस्ट इन्डिज, दुई पटकको विश्व विजेता र टेस्ट मान्यता प्राप्त राष्ट्रलाई नेपालले जितेको ऐतिहासिक अवसरमा डा. शर्माले क्रिकेट टोलीको सम्मानस्वरूप यो आर्थिक सहयोग गर्न लागेका हुन् ।

सोमबार भएको पहिलो खेलमा डा. शर्मा पनि मैदानमै उपस्थित थिए र उनले नेपालका खेलाडीहरूलाई उत्साह र हौँसला थप्न सहयोग गर्ने उदेश्यले यो निर्णय गरेको बताएका छन् ।

नेपालले यूएईमा जारी टी–२० सिरिजमा एक खेल अगावै सिरिज जितिसकेको छ र आजको खेल जितेमा क्लिन स्विप गर्दै अर्को कीर्तिमान स्थापित गर्ने तयारीमा छ ।

डा. शर्मा सामाजिक सेवामा पनि सक्रिय छन् । प्रतिनिधि सभा सदस्य हुँदा तलब–भत्ता नलिने एकमात्र सांसद रहेका उनले गम्भीर बिरामीलाई निःशुल्क उपचार, स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्यहरू गर्दै आएका छन् ।

उनको यी मानवीय योगदानहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देशलाई अझ बलियो बनाएको छ । भदौ २३–२४ गते जेन्जी आन्दोलनमा घाइते भएका धेरैलाई उनले नोबेल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार उपलब्ध गराएका थिए ।

सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म स्वास्थ्य शिविर सञ्चालन गर्दै, जटिल बिरामीलाई काठमाडौं र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने कार्य पनि निरन्तर जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =