रास्वपाको निर्देशनः ‘निवर्तमान सांसदले रातो पासपोर्ट र परिचयपत्र फिर्ता गर्नु’
२०८२ असोज १३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निवर्तमान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र संघीय संसद सचिवालयबाट जारी परिचयपत्र फिर्ता गर्न निर्देशन दिएको छ ।
सोमबार पार्टीका प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वसांसदहरूलाई ती कागजातहरू बुझाउन आग्रह गरेका हुन् । प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद थिए ।
विज्ञप्तिमा चाडपर्व नजिकिँदै जाँदा सबै तहका नेताहरूलाई शुभकामना पत्रबाहेक अन्य कुनै पनि प्रकारका उपहार नस्वीकार्न समेत निर्देशन दिइएको छ ।
त्यस्तै, सुशासनका लागि जेनजीको नेतृत्वमा भएको आन्दोलनको क्रममा ७५ जनाको मृत्यु भएकाले देश शोकमा रहेको उल्लेख गर्दै पार्टीले कुनै पनि चाडपर्वसम्बन्धी कार्यक्रम नगर्न आग्रह गरेको छ ।

२०८२ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








