सरकार राजनीतिक प्रतिशोधमा उत्रियो : एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार राजनीतिक प्रतिशोधमा गएको बताएका छन् ।
आईतवार गुण्डुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले लामो इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर सरकार अघि बढिरहेको बताए ।
निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखिएको बताए । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय नगरिएको भन्दै आपत्ति जनाए ।
उनले भने– ‘सरकार राजनीतिक प्रतिशोधमा जान खोजेको संकेत देखेका छौँ । यत्रो लामो समयसम्म इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर मात्रै होइन, उनीहरुलाई निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखेका छौँ । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय केही देखिँदैन । यि सबै घटनाक्रमप्रति गम्भीर छौँ ।’
उनले सबै घटनाक्रम गम्भीर रहेको बताए ।








