देउवा–आरजु मात्रै होइन, दीपक खड्का दम्पतीले पनि लिएका थिए पासपोर्ट
२०८२ असोज १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का, उनकी पत्नी विनता थापा खड्का र नाबालक छोराले पनि नयाँ राहदानी लिएको खुलेको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, भदौ ३१ गते मंगलबार खड्का दम्पती र छोराको राहदानी एकैपटक जारी गरिएको हो ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि संविधान दिवस (असोज ३) को दिन नयाँ कूटनीतिक राहदानी लिएको खुलासा भइसकेको छ ।
जेनजी आन्दोलनमा खड्काको घरमा भएको आगजनी गरिएको थियो । घर तोडफोड गर्दा उनको घरमा पैसा नै पैसा भेटिएको भिडिओ भाइरल बनको थियो ।
देउवा निवासनजिकै रहेको खड्काको निवासमा भदौ २४ गते प्रदर्शनकारीले आगो लगाउँदा ठूलो संख्यामा हजार, पाँच सयको नोट र अमेरिकी डलर जलेको विषयमा बहस चलेको थियो ।
२०८२ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








