देउवा देश छोडेर भाग्नुपर्ने अपराधी होइनन् : महत (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताएका छन् ।

आईतवार पत्रकार भेटघाटका क्रममा बोल्दै उनले यस्तो बताए । उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रिय समितिबाटै निचोड निस्किने स्पष्ट पारे ।

केन्द्रिय समितिको बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर गरे । अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उनि देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए ।

पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताए । देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको बताए ।

प्रवक्ता महतले यि कामहरु पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गरे । पुराना नेताहरुलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरु को हो ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =