संविधान जलाउने बालेनको प्रयास सफल हुन दिँदैनौँ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेकामा आफ्नो पार्टी रोक्ने दाबी गरेका छन् ।

शनिबार भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बस्नेतले भने, ‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौँ । हामी संविधान जलाउन दिँदैनौँ ।’ उनले संसदीय व्यवस्था ध्वस्त गर्न दिइने छैन र लोकतन्त्रलाई बचाउने उनको दलको स्पष्ट अडान दोहोर्याए ।

कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को गतिविधिलाई पनि लक्षित गर्दै त्यस्ता खेल सफल हुन नदिने चेतावनी दिए । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौँ,’ बस्नेतले भने । उनले जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेण्ट बनाउने तर्फको प्रयासलाई पनि नरोकिने दाबी गरे ।

बस्नेतले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएपछि सिंहदरबार, संसद् र सर्वोच्च अदालत लगायतका सरकारी भवनहरूमा आगजनी भएको र देशलाई एम्बुसमा पार्ने प्रयास भएजस्ता आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =