चितवन राइनोजको नयाँ जर्सी सार्वजनिक, रंग र डिजाइनमा चितवनकै पहिचान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि चितवन राइनोजले नयाँ जर्सी सार्वजनिक गरेको छ ।

अरेन्ज र कालो रंगको आकर्षक संयोजनमा बनेको यो जर्सी केवल खेलाडीहरूको पोसाक मात्र नभई चितवनकै संस्कृति, प्रकृति र पहिचानको प्रतिनिधित्व गर्ने ‘स्टेटमेन्ट’ बनेको चितवन राइनोजले जनाएको छ ।

चितवन राइनोजका अनुसार नयाँ जर्सीको मूल आधार अरेन्ज रंग हो, जसलाई चितवनको सूर्योदय र सूर्यास्तको आकाशबाट प्रेरणा लिइएको छ । यसलाई पूरक बनाउन कालो रंग प्रयोग गरिएको छ, जसले शक्ति, सहनशीलता र एकताको भाव बोकेको छ ।

उक्त जर्सीमा भएको जिकज्याग आकृतिले चितवनका आदिवासी समुदायको कलाकौशलबाट प्रेरित, जसले गति, निरन्तरता र विकासलाई जनाउने बताइएको छ ।
गैँडाको खस्रो छालाले जर्सीको टेक्स्चरमा गैँडाको छालाको झल्को, जसले सुरक्षात्मक कवच र धैर्यको प्रतीक प्रस्तुत गर्ने बताइएको छ । एकसिङ्गे गैँडाले चितवनको आत्मा, शक्ति र लडाकु भावनाको प्रतीक र अफिसियल लोगोले निडरता, गौरव र साझा उद्देश्यमा एकताको प्रतिबिम्ब गर्ने चितवन नाइनोजले जनाएको छ ।

उपलब्धता

यो जर्सी काठमाडौँ भ्यालीमा जर्सीपुल बाट उपलब्ध हुनेछ । साथै, चितवन राइनोजको आधिकारिक वेबसाइट, चितवनस्थित मर्च स्टोर र अफिसियल सामाजिक सञ्जालमार्फत पनि खरिद गर्न सकिने बताइएको छ ।

‘सही फ्याब्रिकको महत्त्व केवल सहजतामा मात्र छैन — यसले खेलाडीलाई खेलमैदानमा आफ्नो उत्कृष्टता प्रस्तुत गर्न सहयोग गर्छ । यो जर्सी चितवनको समुदाय र संस्कृतिलाई संसार अगाडि देखाउने अवसर पनि हो । यो केवल युनिफर्म होइन, हाम्रो पहिचान हो।’ चितवन राइनोजका चेयरम्यान आयुष न्यौपानेले बताए ।

‘गुणस्तर र डिजाइनका बारेमा धेरै पटक छलफल गरेपछि, हामीले सबैभन्दा राम्रो भर्सन तयार गरेका छौँ। यो जर्सी क्रिकेट समर्थक र खेलाडी दुबैलाई प्रेरित गर्नेछ।’ चितवन राइनोजका सिओओ डा. आशिष खड्काले भने ।

चितवन राइनोजले यो जर्सीमार्फत केवल नयाँ पहिरन मात्र होइन, आफ्नै भूमिको कथा, संस्कृति र पहिचानलाई पनि मैदानमा उतार्ने तयारी गरेको बताइएको छ । एनपीएल सिजन २ मा यो जर्सीले टोलीलाई थप ऊर्जा दिने विश्वास गरिएको चितवन राइनोजले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =