जेन-जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ भनेर देखाऔँ: सुदन गुरुङ

काठमाडौँ । हामी नेपालका संयोजक सुदन गुरुङले जेनजेडलाई क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ भनेर देखाउन आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले यस्तो आग्रह गरेका छन् ।
उनले लेखेका छन् । ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ। तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठुलो क्षति पुर्याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्। हामीसँग पहिले नै निर्वाचनको मिति तोकिएको छ। त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो। त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ। हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।
शान्त रहौँ, दृढ रहौँ, जय देश’
उनले हिंसा वा कसैको घरलाई निशाना बनाउने कार्यले देशलाई अझै ठुलो क्षति पुग् नसक्ने बताएका छन् । उनले जेनजेटको आन्दोलन आशाको आन्दोलन रहेको बताउँदै आगामी निर्वाचनमा जेनजेडले क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ भन्ने प्रमाणित गर्न आग्रह गरेका हुन् ।









