एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छः ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् ।

जेन—जी आन्दोलन पछि पहिलो पटक शनिवार भक्तपुरका गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकताबद्ध भएर अघि बढ्न पनि सिंगो पार्टी पंक्ति र देशवासीलाई आह्वान गरे ।

एमालेका कार्यकर्ताहरुको घर जलेको, ठुलो क्षति भएको भएपनि एमाले कार्यकर्तालाई हरेश नखान ओलीको आग्रह थियो । उनले मुलुकलाई अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको पनि बताए ।

अध्यक्ष ओलीले भने ‘नेकपा (एमाले)का कार्यकर्ताहरूलाई भन्न चाहन्छु– घर जले । कतिपय ठुलो क्षति भयो एउटा परिस्थितिमा । तर हरेश नखानु । एमालेले नै यो यस देशलाई फेरि सही बाटोमा फर्काउने । त्यसकारण म एमालेका साथीहरूलाई हरेश नखान आग्रह गर्न चाहन्छु । सिङ्गै देशवासीलाई आग्रह गर्न चाहन्छु–हरेश नखानुस् । सबैलाई भन्न चाहन्छु–संयम अपनाउन यतिबेला । र, आक्रोश, रिसराग, वैरभाव होइन, राष्ट्रलाई जोगाउन र शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ । समझदारी चाहिएको छ । त्यसअनुसार अगाडि बढौँ । आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले आक्रोश, रिसराग र वैरभाव छोडेर देशलाई अघि बढाउन सबैले अग्रसरता दिनुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =