दसैँमा गाउँ फर्किनेको लर्को: पहिरो र अग्रिम टिकटको व्यवस्था नहुँदा समस्या भएको यात्रुहरूको गुनासो

काठमाडौँ । नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को लागेको छ ।

काठमाडौँ उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडीबुटी लगायतका क्षेत्रमा मानिसहरू गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । दसैँमा काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको संख्या उल्लेख्य हुने गर्दछ । दसैँ नेपालीहरूको महान् चाड भएकाले पनि काठमाडौँलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरू आफ्नो गाउँ फर्किरहेका छन् ।

केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । बिपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरू गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ ।

विगतका वर्षहरूमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहेपनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको बताए ।

केही यात्रुहरूले रिजर्भमा गएका, केही पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =