‘परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय छ’

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको धारणा राखेका छन् ।

आज यहाँ आयोजित परोपकार संस्थाको ७९औँ स्थापना दिवस एवं प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कङ्साकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उहाँले परोपकार संस्थाले दिएको शिक्षाका कारण अधिकांश विद्यार्थी अहिले सरकारी क्षेत्रको उच्च तहमा पुगेको बताए ।

उनले भने “परोपकार संस्थाको योगदान अतुलनीय छ । यस संस्थाबाट शिक्षा प्राप्त गरेका विद्यार्थी अहिले सरकारी तथा विभिन्न प्रतिष्ठित संस्थामा उच्चपदमा कार्यरत छन् । यो संस्था केवल एउटा शैक्षिक संस्था नभई समाज रूपान्तरणको अग्रणी आधार हो ।”

पूर्वन्यायाधीश लालले यस संस्थामा आफूलाई प्रवेश गराउने तत्कालीन प्रधानाध्यापक हितकरवीरसिंह कङ्साकारको ठूलो योगदान रहेको स्मरण गर्दै उनलाई धन्यवादसमेत व्यक्त गरे । उनले भने “दयावीरसिंहजस्ता व्यक्तित्वहरू समाजका लागि प्रेरणाको स्रोत हुन् । यस्ता व्यक्तिहरूको जीवनी पढ्दा हामीमा समाजप्रतिको जिम्मेवारीबोध थप बलियो हुन्छ ।”

परोपकार संस्थाका अध्यक्ष हितकरवीरसिंह कङ्साकारले यस संस्थाले अनाथ बालबालिकाको शिक्षादेखि अन्य सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै आगमी दिनमा यसलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रममा प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित पुस्तक लोकार्पण गर्नुका साथै लेखकलाई सम्मानसमेत गरिएको थियो । परोपकार संस्थाको विगतदेखि वर्तमानसम्मको योगदान, दयावीरसिंह कङ्साकारको जीवन दर्शन तथा प्रा पराजुलीद्वारा लिखित पुस्तकको लेखकीय उद्देश्यबारे विस्तृत चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, विशिष्ट व्यक्तित्वहरू, शिक्षक, समाजसेवी, लेखक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =