पार्टी एकताको प्रयासमा प्रचण्ड–माधव, नेकपा एसले बनायो वार्ता टोली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी) ले वार्ता टोली गठन गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा गठित उक्त टोलीले आगामी दिनमा माओवादी केन्द्रसँग एकता वार्ता थाल्ने तयारी गरेको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी एक अपानि अनुसार वार्ता टोलीमा वरिष्ठ नेता डा. बेदुराम भुसाल संयोजक, तथा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्यका रूपमा रहेका छन् । टोलीले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहसँग एकता वार्ता गर्ने जनाइएको छ ।
समाजवादी एकता प्रक्रिया सैद्धान्तिक आधारमा अगाडि बढ्नेछ । पार्टीको सिद्धान्तमा नेपालको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने, नेपाली क्रान्तिलाई जनवादी चरणबाट समाजवादी चरणमा प्रवेश गराउने, र समाजको प्रधान अन्तर्विरोध दलाल नोकरशाही र पूँजीपति वर्गबीचको भएको मानिएको छ ।








