कुहिएका नेता फालेर युवा नेतृत्व चयन गरौँ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशमा वास्तविक परिवर्तनका लागि ‘कुहिएका नेताहरू’ लाई बिदाइ गरी स्वच्छ र सक्षम युवा नेतृत्व चयन गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री पुनले आगामी निर्वाचनमा युवा नेताहरूको अत्यधिक बहुमतको सरकार गठन नभएसम्म देशमा ठूलो परिवर्तन सम्भव नहुने स्पष्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन ।’ मन्त्री पुनले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएका युवा जन प्रतिनिधिहरू छान्नका लागि कुनै पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावी तयारीमा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । 

उनले थप भने, ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देख्नुभएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =