ओलीको गुनासोः मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो, म निशानामा छु

काठमाडौं । जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको अपराध बनाइएकोमा गुनासो गरेका छन् ।

बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलमा बोल्दै उनले आफू राजनीतिक प्रतिशोधको निशानामा परेको दाबी गरेका हुन् । भ्रष्टाचार नगर्नु नै मेरो अपराध बनाइयो,’ओलीले भने, ‘मैले गर्दिनँ, गरेको छैन र गर्न पनि सक्दिनँ । यही मेरो दोष भयो ।’

उनले पछिल्लो समयमा भइरहेका अभिव्यक्तिहरूलाई उत्तेजनात्मक, अराजनीतिक र प्रतिशोधपूर्ण ठहर गर्दै सामाजिक मूल्य र चरित्रमा प्रश्न उठाएका छन् । ‘समाजमा शान्ति हुन नपर्ने नेपाल मात्रै हो ? भन्दै उनले सामाजिक अस्थिरताको आलोचना गरे ।

ओलीले २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आफू स्पष्ट रूपमा निशानामा परेको स्वीकार गर्दै त्यसको पछाडि नियोजित रणनीति भएको आशंका व्यक्त गरे । ‘ममाथि प्रहारको निशाना केन्द्रित गरिएको छ,“ उनले भने, “तर म देशको हितका लागि बोलिरहने छु’ उनले भने ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटनाहरूमा सहभागीहरूलाई बचाउ गर्दै ओलीले ती क्रियाकलापहरू जेनजीहरूको कार्य नभएको बताए । ‘यो निराधार आरोप हो,’ उनले भने, ‘जेनजी आन्दोलन शान्तिपूर्ण थियो ।’

सिंहदरबार जलाइन्छ भन्ने थाहा थियो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहतर्फ संकेत गर्दै उनले सिंहदरबार जलाउने र बालुवाटार घेराउने अभिव्यक्तिहरू पहिले नै आएका थिए भन्ने दाबी पनि गरे । ‘कसले के के बोलेका थिए, मलाई थाहा छ,’ उनले भने, ‘सरकारले यसको छानबिन गरोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =