सरकारले तोकेको म्याक्सिमम् भाडादर भन्दा कम मुल्यमा नै टिकट उपलब्ध गराइरहेका छौँ- वायुसेवा सञ्चालक संघ

काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपालले हिन्दुहरूको महानचाड वडा दसैँ, तिहार, तथा छठ पर्वको अवसर पारेर यात्रुहरूसँग बढी हवाई भाडा दर लिई रहेको भन्ने तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वायुसेवा कम्पनीहरूले सरकारले तोकेको म्याक्सिमम् भाडादर भन्दा कम मुल्यमानै टिकट उपलब्ध गराई रहेको जानकारी दिएको छ ।

यही असोज ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारीहरू तथा सदस्य वायुसेवा कम्पनीहरूका पदाधिकारीहरू सम्मिलित बैठकमा भाडादर छलफल भएको थियो ।

अब जारी गर्ने टिकट पनि कम मूल्यमा नै उपलब्ध गराउने निर्णय भएको समेत संघले जानकारी दिएको छ ।

साथै हाल दुर्गम क्षेत्रमा उडानको चाप त्यति नभएको र उक्त क्षेत्रको हवाई भाडा दर पनि एउटै रहेकोले सोही बमोजिम नै भाडा दर लिई उडान गरीई रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =