नेपाल स्काउटको प्रधान कार्यालयमा तालाबन्दी
२०८२ असोज ९ गते

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा तालाबन्दी गरिएको छ ।
अपारदर्शी ढंगमा निर्देशकको विज्ञापन गरिएको भन्दै नेपाल स्काउट शुद्धिकरण अभियान र नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
संघर्ष समितिले चार बुँदे माग अघि सारेको छ । ती मागहरूमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, भ्रष्ट भनिएका निर्देशकलाई कारबाही गर्नुपर्ने, प्रमुख आयुक्तले राजीनामा दिनुपर्ने, र नेपाल स्काउटको कार्यकारी समिति भंग गर्नुपर्ने रहेका छन् ।
शुद्धिकरण अभियानका अनुसार स्काउटजस्तो अनुशासित संस्था भित्र बढ्दो भ्रष्टाचार र अपारदर्शिताप्रति ध्यानाकर्षण गराउन तालाबन्दी गरिएको हो ।

२०८२ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








