सरकारले २१ फागुनमै चुनाव गराउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २१ फागुनमा तय भएको आमनिर्वाचन समयमै सम्पन्न गराउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रिया जोगाउन निर्वाचन अपरिहार्य भएको तर्क गरेका हुन् ।

‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड दिने हो,’ उनले भने, ‘त्यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =