तीन वर्षपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले तीन वर्ष लामो संघर्ष र अथक प्रयासपछि यमबुद्ध स्केटबोर्ड पार्कको निर्माण कार्यले मूर्त रूप लिएको भन्दै खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत पार्क निर्माणको प्रगति र भावी योजना सार्वजनिक गर्दै मेयर शाहले यो परियोजना युवाहरूको सपना र कला संस्कृतिको प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहने बताएका छन् ।

मेयर शाहका अनुसार, करिब ६ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यस पार्कको कार्य आधाभन्दा बढी सम्पन्न भइसकेको छ । उनले सार्वजनिक गरेका केही तस्बिरहरूले पार्कको आधुनिक डिजाइन र संरचनाको झलक दिएका छन्, जसले काठमाडौँका युवा स्केटबोर्डरहरूमाझ उत्साह थपेको छ ।

आफू मेयर निर्वाचित भएदेखि नै काठमाडौँलाई ‘सबैको सहर’ बनाउने लक्ष्यका साथ यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको परिकल्पना गरिएको मेयर शाहले बताए । ‘सम्पदा संरक्षणको कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =