गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । चट्याङका कारण जिल्लामा तीनवटा गोरुसमेत मरेका छन् । आज अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लामा चट्याङले क्षति पु¥याएको हो ।

चट्याङका कारण जिल्लाको इस्मा गाउँपालिका–४ दोहोलीकी ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका–७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ परेर लागि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू तीनै जनाको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

चट्याङका कारण मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका अर्खाबाङ् प्रहरी चौकीले जनाएको छ ।

त्यसैगरी मदाने गाउँपालिका–३ सिर्सेनी काफलपाटाका ३६ वर्षीय डोरबहादुर विक सर्पको टोकाइबाट घाइते भएका छन् ।

बारीमा घाँस काट्ने क्रममा विकलाई आज दिउँसो सर्पले टोकेको हो । उनको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सारुले जानकारी दिए ।

यसैबीच, प्रशासनले वर्षात्को समयमा सर्वसाधारणलाई विपद्बाट हुनसक्ने जोखिमबाट सुरक्षित र सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =