जेनजी आन्दोलनमा जलेको पार्टी कार्यालय पुनर्निर्माण गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजननीमा परेको पार्टी केन्द्रीय कार्यालयको भवन यथाशक्य पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउने भएको छ ।

बुधवार दिउँसो काठमाडौंमा बसेको केन्द्रिय कार्यालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिप प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले प्राविधिकहरुको प्रतिवेदनअनुसार केन्द्रिय कार्यालयका ६ वटा हलहरु पुनःनिर्माण गर्न नसकिने गरी ध्वस्त भएको उल्लेख गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए ।

उनले शहीद तुल्सीलाल प्रतिष्ठानसँग छलफल गरेर भवन निर्माणको कार्यलाई शुरु गरिने समेत बताए । ‘मुख्यतः भदौ २४ गते जलेर ध्वस्त भएको केन्द्रिय कार्यालयलाई कसरी सञ्चालन र पुनर्निर्माण गर्ने भन्ने विषयमा अलि लामो समय लिएर छलफल ग¥यौँ । भर्खरै प्राविधिकहरुले भवनको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । भवनमा निकै ठूलो क्षति पुगेको छ । ६ वटा कोठाहरुमा एकदमै नयाँ ढंगले रेफ्रोफिट गर्नुपर्ने अवस्था छ । यसलाई कसरी गर्ने भन्नेबारे शहीद तुल्सिलाल प्रतिष्ठानको संरचना हो यो । उहाँहरुसँग बसेर छलफल गर्ने र केन्द्रिय कार्यालय छिटोभन्दा छिटो निर्माण गर्ने कुरामा नै हाम्रो छलफल केन्द्रित थियो’ उनले भने ।

उनले पार्टीमा नेतृत्व परिवर्तनको विषयमा बैठकमा छलफल नभएको स्पष्ट पारे । जेनजी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको प्रश्न उठिरहेको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे पार्टी अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =