सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल बनाइएको छैन : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् ।

बुधवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टिकरण दिए ।

कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रिय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे ।

उनले भने– ‘उहाँले लिखितम राजीनामा प्राप्त भएको छैन । तर उहाँले हाम्रो आधिकारिक ग्रुरुप हुन्छ पार्टी केन्द्रिय समितिको । त्यो ग्रुपमा उहाँले स्पष्ट रुपमा पार्टी छोडेको धारणा राखिसक्न भएको हुनाले कार्यवाहक सभापतिले हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई आधार मानेर स्वीकृत गरेको छु । र त्यसलाई केन्द्रिय समिति बैठकले अनुमोदन पनि गरिसकेको छ । उहाँलाई पार्टीमा स्वागत गर्न हाम्रो ढोका खुला छ । कार्यदल बनाएको छैन ।’

कार्यवाहक सभापति अर्यालले पार्टी भित्र कुनै फरक मत नरहेको पनि दोहो¥याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =