काँग्रेस सभापति देउवाको लागि डेरा खोजिँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट घाइते भएका देउवा अस्पतालमा उपचाररत थिए । अब उनी ललितपुरको जावलाखेल वा सानेपातिर केही समय बस्ने तयारी गरिएको हो ।

‘आज डिस्चार्जबारे टुंगो लाग्छ । सम्भवत ललितपुरको जावलाखेल वा सानेपातिर बस्ने कुरा छ,’ सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने ।

उनका अनुसार, देउवाको जावलाखेलस्थित आफन्तको घरमा केही समय बस्ने सम्भावना छ ।

टाउकोमा १२ वटा टाँका, गर्धनमा गम्भीर चोट

भदौ २४ गतेको प्रदर्शनका क्रममा देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कुटपिटमा परेका थिए ।
प्रदर्शनकारीहरूले देउवाको बूढानीलकण्ठस्थित घरमा आगजनीसमेत गरेका थिए ।

सो घटनामा देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो । चिकित्सकहरूले देउवाको टाउकोमा १२ वटा टाँका लगाएका थिए ।

चिकित्सकका अनुसार देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । अहिले उनी सामान्य संवाद गर्नसक्ने, तर अझै केही समय विश्राममा रहनुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =