प्रधानमन्त्री कार्की र बालेनबीच बालुवाटारमा भेट
२०८२ असोज ८ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतका अनुसार, उक्त भेटलाई अनौपचारिक रूपमा लिइएको भएपनि, बालेनले प्रमुख रूपमा आन्दोलनका माग र मुद्दामा छलफल गर्ने अवसरको रूपमा देखेका थिए ।
‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो भेटघाट हो । विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित थियो,’ स्रोतले बतायो ।
भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी र सचिवालयका सदस्यहरू पनि सहभागी थिए । मेयर शाहको तर्फबाट सहयोगी कुमार बेन सहितको टोली पनि भेटमा उपस्थित थियो । छलफल करिब ३० मिनेट चलेको थियो ।
२०८२ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








