जेनजी आन्दोलनमा रास्वपाको सहभागिता थियो : मनिष झा (भिडिओ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन—जी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको बताएका हुन् ।

पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाई छ । उनले पूर्वकेन्द्रिय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रिय सदस्यहरु गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरुको आन्दोलनमा सक्रिय भुमिका रहेको बताए । तुलनात्मक रुपमा जेन—जी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरु सहभागी भएको उनको दाबी छ ।

उनले भने ‘हाम्रो पार्टीमा जेन जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन जी पुस्ताबाट हुनुहुन्छ । उहाँहरु पनि जानुभएको थियो । केन्द्रिय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो । गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरु, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाई हो भनेर दाबी गरेका थिएनौँ ।’

उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागीता रहेपनि २४ गतेको घटनामा भने सहभागिता नरहेको दाबी गरे । २४ गतेको घटनामा सहभागिताका लागी पार्टीले कुनै आवह्वान नगरेको उनको भनाई छ ।

आगजानी, लुटपाट पार्टीको सिद्धान्त नभएको उनले बताए । उनले उक्त घटनाको छानविन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =