संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । अर्थमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा उनले संघीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

सोमवार मन्त्रीपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेर समेत गरेकी थिइन् । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएका थिइन् ।

जसअनुसार मंगलवार मन्त्री खनालले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनसँगै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ७ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =