साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी: वीरेन्द्र वैद्यवार

काठमाडौँ । बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् ।
मङ्गलवार राजधानीमा भएको ‘अर्थतन्त्र पुनरुत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जेन—जी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतिको छिटो भुक्तानी गरिने बताए । वैद्यवारकाअनुसार अहिलेसम्म आन्दोलनका कारण २ हजार ४७८ वटा बीमा दाबी आवेदन परेको छ । यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठुलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो ।
गत सालको असोजमा काठमाडौँ लगायत काभ्रेको रोसीको बाढीका कारण करिब १३ अर्बको दाबी परेको उनको भनाइ रहेको छ ।
वैद्यवारले भने ‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०र२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तीन वटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२र१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ । अहिलेको क्षति हेर्दा यो भन्दा ठुलो दाबी आउँछ भन्ने लागेको थियो । नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढी,पहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडै नै रिकभरिका लागि सहयोग गथ्र्यौं ।’
१ हजार ७ सय दाबी साना प्रकृतिका रहेको बताए । यी ४०–५० लाखदेखि २ करोडसम्मका रहेको आङ्कलन उनको छ । अरू ठुलो प्रकृतिका रहेको उनको भनाइ छ ।








