सञ्चारमन्त्रीको पहिलो निर्णय
१० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा
२०८२ असोज ६ गते

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।
आज मन्त्रीको पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा यस योजनाको घोषणा गरेका हुन् ।
मन्त्रालयमा पदभार ग्रहण गर्नका लागि पुगेका मन्त्री खरेलले कर्मचारीको ल्याएको प्रस्तावमा केही सुधार र थपका साथ निर्णय लिएका थिए ।
यस निर्णयअनुसार, ५ महिनाभित्र काठमाडौं बाहेकका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।
यसले डिजिटल पहुँचमा वृद्धि गर्दै नागरिकलाई अनलाइन सेवाहरूको सहज पहुँच दिन सहयोग पुर्याउने आशा गरिएको छ ।
२०८२ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित








