सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय पुग्यो
२०८२ असोज ६ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) थप ७०० रुपैयाँले वृद्धि भई २ लाख १७ हजार ८०० रुपैयाँमा पुगेको छ । यो नेपाली सुनचाँदी बजारको हालसम्मकै उच्च विन्दु हो ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको देखिन्छ । अ
२०८२ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित








