विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त
२०८२ असोज ५ गते

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक इञ्जिनियर हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणकको कार्यकारी निर्देशक पदमा सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनिहरु दुवैको कार्यवधि चार वर्षको हुनेछ ।
२०८२ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








