जेनजी आन्दोलनले नयाँ परिवर्तन ल्यायो : महान्यायाधिवक्ता भण्डारी

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छन् ।

आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जेनजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी हुन् । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उनको भनाई छ ।

जेनजी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको उनले बताइन् ।

आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाई छ ।

उनले जेनजीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरु पुगेको बताइन् । जेनजी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उनको दाबी छ ।

उनले आन्दोलनका क्रममा जेनजीहरुले सार्वजानिक सम्पती नजलाएको पनि दाबी गरिन् । जेनजीहरुको सार्वजानिक सम्पतीमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उनको भनाई छ ।

जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरुले सरकारी वकिल कार्यलय र अदालतमा आक्रमण गरेको उनले दाबी गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =