पालबाटै भएपनि न्यायको दीप मर्न दिँदैनौँ : मुख्य रजिस्ट्रार पौडेल

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताएका छन् ।

आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पालमै भएपनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको बताए ।

उनले राष्ट्र नै सबै जलेको अवस्थामा रहेको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेर नष्ट भएको बताए ।

देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेको बताउनु भयो । २५ हजार मिसिलमा ३ हजार मात्रै सकुशल रहेको बताए ।

मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत रुपमा सञ्चालन गर्ने तयारीमा सर्वौच्च अदालत रहेको बताए ।

न्याय सम्पादनमा मनोबल महत्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताए । उनले सर्वोच्च अदादतमा इजलासहरु पालमुनि चलाएको भन्दै यो भन्दा विडम्वनापूर्ण स्थिति केही नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =