केपी ओलीलाई जवाफ दिन मोदीले चाल चाले : वामदेव गौतम (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । उनले संविधानभन्दा बाहिर गएर सरकार निर्माण भएकोले यसको परिणाम भविष्यमा थप व्यहोर्दै जानुपर्ने बताए ।

हाल राज्यशक्ति सम्पूर्ण रुपले समाप्त भएको उनको भनाई छ । उनले नेपालमा भएको जेनजी आन्दोलनको बारेमा पनि आशंका व्यक्त गरे ।

उनले यो आन्दोलन कहीँ कतैबाट परिचालित भएको हो की भन्ने लागेको बताए । उनले भारतीयहरुले केपी ओली सरकारलाई जवाफ दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो गतिविधि गरेको भन्ने गरेको उल्लेख गरे ।

ऐतिहासिक धरोहरहरु ध्वस्त भएको हेर्दाखेरी पनि यो आन्दोलन कसैले बदला लिनको लागि गरेको जस्तो देखिएको उनको दाबी छ । जेनजीले संसारमा यस्तो कहीँ पनि नगरेको उनको भनाई छ । उनले यसलाई अराजकताको संज्ञा दिए ।

नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जेनजीले पवित्र चाहना राखेर आन्दोलन गरेको भएपनि अपवित्र बनाइएको बताए । उनले अदृश्य शक्तिले पर्दा पछाडीबाट जेनजी आन्दोलनलाई अपवित्र बनाइदिएको आरोप लगाए ।

यो दुःखद् भएको उहाँको भनाई छ । ऐतिहासिक, नेपाली मौलिकता, नेपालको पहिचान, साँस्कृतिक धरोहर बोकेका सार्वजानिक सम्पतीहरुको नष्ट भएको उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले भ्रष्टाचार र बेतिथिले उकुसमुकुस भएको अवस्थामा तत्कालिन सरकारले गरेका केही क्रियाकलापको कारण जेनजी आन्दोलनले उग्र रुप लिएको बताए ।

सामाजिक सञ्जाल बन्द गर्ने काम, एमालेको विधान अधिवेशनमा मन्त्रीको गाडीले बालिकालाई दिएको ठक्कर दिएको घटना, जेनजी पुस्ताले गर्ने भएको आन्दोलनका बारेमा तत्कालिन सरकारका प्रमुखले दिएको टिकाटिप्पणी लगायतले पनि आन्दोलनलाई बल पुगेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =