अनाहक संसद विघटन गरियो,संविधानभित्रबाट गरिएको परिवर्तन नै दिगो र दरिलो हुन्छ : अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद विघटन गर्न नहुने बताए ।

परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रबाट गर्दा दिगो र दरिलो हुने बताए । ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने बताए ।

आन्दोलनले कुनै संविधान, कानून नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रूपले संविधान र कानूनमा बाँधिनुपर्ने बताए । नत्र वैधता प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘संसद विघटन भएपछि धेरैले आफ्ना कुराहरू राख्नुभयो । नेपाल बार एशोसिएशनले पनि १ बजे राति आफ्नो विज्ञप्ति निकाल्यो । यो संसद अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रबाट गर्दा दिगो र दरिलो हुन्छ । मुलुकका शक्तिहरु जो हामी मानि आएका छौँ, ती शक्तिहरु चुनिन्छन् । पूर्व भए भन्दा फ्रेस म्याण्डेट आवश्यक पर्दछ । फ्रेस म्याण्डेट पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्छ भनेर वक्तव्य जारी गरेका थियौँ । आन्दोलनले कुनै संविधान, कानून मान्दैन तर आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रूपले संविधान र कानूनमा बाँध्नुपर्दछ । नत्र वैधता प्राप्त गर्न सक्दैन ।’

उनले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताए । अहिलेको संसद निन्द्राको अवस्थामा गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =