नक्खु कारागारबाट फरार कैदीले गरे श्रीमतीको हत्या

काठमाडौं । नक्खु कारागारबाट फरार एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका–१२, गागलका ३५/३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले पुष्टि गरेका छन् ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जबर्जस्ती करणीको मुद्दामा थुनामा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार, घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय बनेपाबाट टोली परिचालित भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =