नेताहरू शीर उठाएर नहिँडोस् भनेर शीतलनिवास गएको हुँ : सुदन गुरुङ (भिडिओ)

काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले नेताहरूको शीर उठाएर नहिँडोस् भनेर आफू शीतलनिवास पुगेको बताएका छन् ।

शनिबार उनले एक भिडिओ वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

उनले सही के हो वा गलत के हो भन्ने थाहा पाउन केही समय पर्खिन समेत जेनजीहरूलाई आग्रह गरेका छन् ।

उनले भनेका छन् ‘हामी आफैँले पनि कुन गलत हो, कुन सही हो भन्ने पर्खन सक्नुपर्छ । सबै जनाको दिमाखमा आइरहेको छ कि हिजो त्यहाँ म किन सेलिब्रेट गर्न गएँ । म त्यहाँ सेलिब्रेट गर्न गएको होइन । मलाई सेलिब्रेट गर्नु पनि छैन ।’

उनले आफू सेलिब्रेट गर्न शीतलनिवास नपुगेको बताएका छन् । उनी संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

‘नेताहरु सबै आउने भनेपछि यिनीहरू (नेताहरू) सिङ उचालेर जान्छ भनेर म त्यहाँ गएको हो । त्यहाँ म एउटा नेतासँग पनि बसिनँ । एउटै लेभलको कुर्सीमा बस्दा पनि बसिनँ । म उभिएरै बसेँ । पानीमा रुझेर बसेको हु ।’ उनले भने ।

उनले नेपाली कांग्रेसका नेता गगन थापासँग भने कुरा गरेको र यसरी नचल्ने बताएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seventeen =