स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैन: इन्जिनियर्स एशोशिएशन

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ ।

एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका हुन् ।

शनिवार सो मन्त्रालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताए । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरूको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताए ।

उनले भने ‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वालहरूमा त्यति क्षति नभएपनि अरु टोटल्ली क्षति भएको अवस्था छ । जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ । त्यस्तै गरेर हामी केही समय अघि सर्वोच्च अदालत हेर्यौं । यसको पनि उत्तरपट्टीको भाग बढी जोखिम छ । त्यसकारण यसमा पनि काम गर्न गाह्रो छ । त्यही भवनको दक्षिणतिरको भाग केही कम क्षति भएको कारणले काम गर्न सहज हुने सुझाव दिएका छौँ । यो मिश्रित छ । जस्तो सिंहदरबारको भवनहरू हेर्दा पनि केही ठाउँमा बढी क्षति भएपनि धेरैजसो ठाउँ क्षति नभएको पनि देखिन्छ । लामो समयसम्म आगो रहिरहेको ठाउँमा बढी डयामेज भएको अवस्था छ ।’

एशोसिएशनले सरकारसँगको समन्वयमा जेनजी प्रर्दशनकारीहरुले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरूको निरीक्षणको कामलाई तीव्रता दिइएको जानकारी गराउँदै आएको छ । अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरूबाट आफूहरूले ले सो कामलाई निरन्तरता दिइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =