नेपाली क्रिकेट टोलीलाई युएईले भिसा दिएन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएई प्रस्थानमा भिसा नआउँदा ढिलाइ भएको छ ।

नेपाली टोलीलाई शुक्रबार युएई जानुपर्ने थियो, तर शुक्रबार बेलुकासम्म पनि टोलीको भिसा प्रक्रिया पूरा नभएको कारण उडान स्थगित भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस सम्बन्धमा जानकारी दिँदै भने, ‘भिसाको प्रोसेस चलिरहेको छ, जस्तोसुकै समयमा भिसा प्राप्त भएपछि टोली युएई प्रस्थान गर्नेछ ।’

नेपाल र दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजबीच २७ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म युएईको शारजहामा तीन खेलको टी२०आई सिरिज खेलिनु पर्नेछ ।

यस सिरिजलाई नेपालको क्रिकेट इतिहासमा विशेष मानेको छ, किनकि पहिलो पटक टेष्ट राष्ट्रसँग टी२० अन्तर्राष्ट्रिय खेल हुँदैछ ।

यसअघि क्यानले बिहीबार नेपाली टोलीलाई युएई प्रस्थानको तयारीका लागि बिदाई गरेको थियो, तर भिसामा आएको ढिलाइले अब यात्रा प्रभावित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =