राष्ट्रिय मुक्ति क्रान्तिले संविधान दिवसलाई कालो दिवसको रूपमा मनायो (तस्बिरहरू)

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाएको छ ।
असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ । २०७२ सालको असोज ३ मा संविधान जारी भएसँगै हालसम्म असोज ३ गतेलाई संविधान दिवसको रूपमा मनाउने गरिएको छ । तर मधेसवादी राजनीतिक दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने काठमाडौँमा शिरमा कालोपट्टी बाँधेर विरोध जनाएको हो ।
मधेसीहरूमाथि गोली हानेर संविधान जारी गरिएकाले कालो दिवसको रूपमा मनाएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका नेता केशव झाले बताए ।
अब संविधान संशोधन मात्रैले नपुग्ने भन्दै संविधान पुनः लेखन गर्नुपर्ने माग गरे । संविधान अपुरो रहेसम्म आन्दोलन जारी रहने बताए ।
उनीहरूले असोज ३ कालो दिन, ब्ल्याक डे लगायतका प्लेकार्ड बोकेर संविधानको विरोध गरेका हुन् ।
हेर्नुहोस् तस्बिरहरू :









