मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछ : मन्त्री घिसिङ (भिडिओ)

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।

शुक्रवार काठमाडौँको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

मन्त्री घिसिङले मन्त्रीपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताए । सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रीपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिने उनको भनाई थियो । मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम सुरु गरिसकेको पनि बताए ।

उनले भने ‘मन्त्रीपरिषद्ले अव चाँडै पूर्णता पाउँछ । सरकारले सरसफाइको काम आ आफ्नो मन्त्रालयमा सुरु गरिसकेका छौँ । भोलेन्टियर साथीहरू पनि आउनुभएको छ । उहाँहरूलाई पनि हामीसँगै लिएर जान्छौँ । विभिन्न संघ संस्थाका साथीहरू पनि आउने अवस्थामा हुनुहुन्छ । उहाँहरू सबैलाई पनि आह्वान गर्दछौ । र सरकारले आफूले गर्नुपर्ने कामहरू अगाडि बढाइसकेको छ । अक मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछ । मन्त्रीपरिषद्लाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ ।‘

सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाइ गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाइ नहुने बताए । त्यस अवसरमा उनले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुट्न पनि सबैलाई आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =