जेनजी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरूमा रङरोगन हुँदै

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सिंहदरबारस्थित मन्त्रालयका भवनहरूमा रङरोगन सुरु गरिएको छ ।
भदौ २३ / २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, अदालतहरूमा आगजनी र तोडफोड गरिएको थियो । उक्त भवनहरूको अहिले रङरोगन सुरु गरिएको छ ।
साथै छिटै पुनः निर्माण गरिसक्ने सरकारको लक्ष्य छ । जेन जीको आन्दोलनबाट हालसम्म ७४ जनाको ज्यान गएको छ । सरकारी सम्पत्ति, निजी भवनहरू, व्यापारिक केन्द्रहरूमा तोडफोड र आगजनी गर्दा खर्बौँको क्षति भएको छ । जेन जी पुस्ताको आग्रहमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।
समयमै निर्वाचन गराउन सबैले जोड दिनुपर्ने आवाज उठिरहेको बेलामा सुरक्षाकर्मीहरूको मनोबल बढाइ, भौतिक संरचनाहरू पनि ठिक पार्नुपर्ने दायित्व अहिलेको सरकारलाई छ । साथै संसद भवन जलेर ध्वस्त भएकाले नयाँ भवनबाट आगामी संसदको बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसको तयारी पनि अन्तरिम सरकारले गर्नुपर्नेछ ।








