भारतस्थित नेपाली राजदूतावासमा मनाइयो संविधान दिवस

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित नेपाली राजदूतावासमा संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले राजदूतावास प्राङ्गणमा राष्ट्रिय झण्डा फहराएका थिए ।

समारोहमा संक्षिप्त बोल्दै राजदूत शर्माले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुका साथै नेपालमा हालै भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रती श्रद्धाञ्जली व्यक्त गरे ।

उनले अन्तरिम सरकार र त्यसपछि बन्ने सरकारहरूले नेपाली जनताको हित हुने नेपाललाई आर्थिक रूपमा सबल बनाउने गरी काम गरोस् भन्ने शुभकामना पनि दिए ।

समारोहमा दिल्लीस्थित नेपाली राजदूतावासका सम्पूर्ण अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =