जेनजी आन्दोलनपछि पहिलो पटक देखिए ओली, गुन्डुमा नयाँ बास (भिडिओ)

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि पहिलो पटक सार्वजनिक रुपमा देखिएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित आफ्नो नयाँ निवासमा सरेका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् बालुवाटारस्थित सरकारी निवास छाडेर सेनाको हेलिकप्टरमार्फत शिवपुरी पुगेका ओली अब गुन्डुलाई आफ्नो स्थायी बसोबासको थलो बनाउने भएका छन् ।

एमालेका प्रभावशाली नेता महेश बस्नेतको विशेष पहलमा ओलीका लागि गुन्डुमा नयाँ डेराको व्यवस्था मिलाइएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिहीबार नै अध्यक्ष ओली अब गुन्डु क्षेत्रमा बसोबास गर्ने जानकारी गराएका थिए ।

शुक्रबार ओली नयाँ डेरामा पुगेको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल बनेको छ । भिडियोमा ओली महेश बस्नेतका साथमा उभिएका र उत्साहित कार्यकर्ताहरूसँग हात मिलाउँदै अभिवादन गरिरहेको देखिन्छ । यो दृश्यले उनका समर्थकहरूमा नयाँ उत्साह थपेको छ भने राजनीतिक वृत्तमा पनि यसले निकै चर्चा पाएको छ ।

पूर्वप्रधानमन्त्रीको नयाँ बसोबासले गुन्डु क्षेत्रको चहलपहल बढाएको छ । अबका दिनमा ओलीको राजनीतिक गतिविधि यसै नयाँ ठेगानाबाट सञ्चालन हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =