नेतृत्वमा भएको कमीकमजोरी सच्याउनु आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताएका छन् ।

एमाले विराटनगर महानगर कमिटीले आज यहाँ आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डोत्तोलन कार्यक्रममा मुख्यमन्त्री कार्कीले गत भदौ २४ गतेको प्रदर्शन जेनजीको मात्रै नभई विभिन्न स्वार्थ समूहको पनि भएको टिप्पणी गरेका छन् ।

उनले त्यस अवसरमा नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै उनले भने ‘जेनजीको भ्रष्टाचारविरुद्ध मागलाई एमालेले पनि निरन्तर उठाउँदै आएको छ, पार्टी नेतृत्वले कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।’

उनले एमाले सरकारमा रहँदा जनताको भावना एवं आकाङ्क्षाअनुसार विकासको काम भएको दाबी गर्दै स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =