हिमालयन बैंक चाबहिल शाखाको सम्पूर्ण सेवा ‘बालुवाटार शाखा’ नामबाट प्रदान गरिने
२०८२ असोज २ गते

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाडौँ महानगरपालिका वडा नं ०२, बालुवाटारबाट बालुवाटार शाखा नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।
आजदेखि बैंकले बालुवाटार शाखा नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका छन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८६ ATM , ८,००० भन्दा बढी POS Terminals र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।
२०८२ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित








