सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवै बहुमूल्य धातुको मूल्य घट्दा उपभोक्तामाझ केही राहत महसुस भएको छ ।

महासंघले दिएको जानकारीअनुसार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला २ हजार ५५० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २ हजार ५२० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =