रुकुम–पूर्व र बागलुङको सीमामा भूकम्प

काठमाडौँ । रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भदौ ३१ गते साँझ ८ बजेर २५ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पतिहाल्ने भञ्ज्याङ क्षेत्र नजिक रहेको छ ।

भूकम्पको धक्का रुकुम–पूर्व, बागलुङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

हालसम्म भूकम्पका कारण कुनै ठूलो क्षति भएको जानकारी भने आएको छैन । तर, भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीयहरू केही समयका लागि बाहिर निस्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =